रहेनन् ईण्डियन क्रिकेट टोलीका पूर्व कप्तान वाडेकर

रिपोर्ट नेपाल | 2018 Aug 16 | 10:00 am 1833

काठमाडौं, साउन ३१ : ईण्डियाका क्रिकेट टोलीका पूर्व कप्तान अजित वाडेकरको ७७ वर्षको उमेरमा निधन भएको छ।

मुम्बई स्थित जसलोक अस्पतालमा उपचारको क्रममा वाडेकरको निधन भएको हो । सन् १९६६ मा वेष्ट ईण्डिज विरुद्ध पहिलो अन्तराष्ट्रिय टेष्ट खेलेका वाडेकरले ३७ टेष्ट म्याचमा २ हजार १ सय १३ रन बनाएका छन्।

सन् १९७१ मा ईङल्याण्डमा भएको टेष्ट क्रिकेट ईङ्लीस टोलीलाई हराएको ईण्डियन टोलीका कप्तान वाडेकरले केही समय प्रशिक्षकको भुमिका पनि निभाएका थिए । सन् १९९० को दशकमा क्रिकेट टोलीको प्रशिक्षक रहेका वाडेकरले ईण्डियन क्रिकेट बोर्डको छनौट टोलीमा सहभागी थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनु अघि उनले सन् १९७४ मा २ वटा मात्र वान डे म्याच खेलेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.