रसुवागढि जलविद्युत आयोजनामा बाढिले क्षति

रिपोर्ट नेपाल | 2020 Jun 21 | 10:06 am 2388

रसुवा, असार ७ः टिमुरेमा निर्माण भईरहेको रसुवागढि जलविद्युत आयोजना र सुख्खा वन्दरगाहमा गएराति परेको भारी बर्षाका कारण आएको बाढिले क्षति पुर्‍याएको छ।

करिव ३ बजेको समयमा परेको भीषण वर्षाले निर्माणाधीन सुख्खा वन्दरगाहमा रहेको टिफर, जेसिभि र लोडर बगाएको छ । अन्य ६ वटा सवारिसाधन भने सुरक्षित स्थानमा सारिएको छ ।

सशस्त्र प्रहरि २१ नम्बर गुल्मका गुल्मपति एवम डिएसपी लक्ष्मण थापाका अनुसार बर्षा सङगै लेन्दे खोलामा अएको बाढि भोटेकोसि नदिमा मिसिदा रसुवागढि जलविद्युत आयोजनामा बाढिले क्षती पुर्‍याएको हो ।

आयोजनास्थल जाने पुलमा समेत बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको बताए । उक्त बन्दरगाहमा कार्यरत ११ जना कामदारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.