रसिया पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

| 2022 Oct 17 | 07:45 pm 1145

काठमाडौं, असोज ३१ः रसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.२९ घट्टेकुलो बस्ने ४८ बर्षिया तुलसा भण्डारी रहेकी छन् ।

उनले विवेक ज्ञवालीलाई वर्किङ भिषामा रसिया पठाइदिन्छु, रसिया पुगेपछि प्रतिष्ठित सुपरमार्केटमा काम लगाइदिन्छु, मासिक ३ लाख सम्म तलव हुन्छ भनी विश्वास दिलाई उनीबाट ४० लाख रकम लिई सम्पर्क विहिन भएकी थिइन् ।

ज्ञवालीको उजुरीको आधारमा बैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन भनि प्रहरी समक्ष पत्रचार गरेकोमा प्रहरीटोलीले भण्डारीलाई खोजतलास गर्ने क्रममा सोमबार कामनपा २९ घट्टेकुलोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि बैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.