रसायन प्रयोग गरेको भन्दै दूध सङ्कलन केन्द्रमा शिलबन्दी

रिपोर्ट नेपाल | 2018 Sep 04 | 05:32 pm 3099

राजविराज, भदौ १९ : सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता दूध सङ्कलन केन्द्रमा शिलबन्दी गरिएको छ ।

दूध सङ्कलन केन्द्रमा सरसफाइ नगरेको, व्यक्तिको स्वास्थ्यमा असर पर्ने गरी रसायन प्रयोग गरेको भन्दै माथिल्ले तहमै उजुरी परेपछि शिलबन्दी गरिएको खाद्य निरीक्षक सुरेशकुमार सिंहले राससलाई बताए । खाद्य उद्योगले खाद्य अनुज्ञापत्र लिई मात्र उद्योग सञ्चालन गर्नुपर्नेमा सो समेत नदेखिएकाले समेत शिलबन्दी गरेको खाद्य निरीक्षक सिंहले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राजेन्द्र निरौला, घरेलु तथा साना उद्योग कार्यालयका खगेन्द्र बुढाथोकी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्तासहितको टोलीले उक्त छिन्नमस्ता दूध सङ्कलन केन्द्रमा तालाबन्दी गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.