रवी लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत चितवनमा पेश

रिपोर्ट नेपाल | 2019 Aug 25 | 12:00 pm 1858

चितवन, भदाै ८: पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नाम जोडिएका रवी लामिछाने सहित ३ जनालाई आइतबार पुनः जिल्ला अदालत चितवनमा पेश गरिएकाे छ ।

अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको म्याद समय सकिएपछि लामिछाने सहित युवराज कंडेल र अस्मीता कार्कीलाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्न गरिएकाे हो ।

आवश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गरिएको केन्द्रीय अनुसन्धानका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए। अभियोग पत्र दायर गरेसँगै आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुने बताइएकाे छ ।

उक्त मुद्दामा आज बहस नसकिए भोलि पनि बहस चल्ने छ । बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुने जिल्ला अदालतले जानकारी दिए ।

प्रहरी अब थप म्याद माग्ने पक्षमा नरहेका कारण उनीविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्न लागेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.