रचना रिमालको स्वर र डा.ओमकृष्ण प्रसाईंको गीत ‘पिता’ सार्बजनिक

| 2023 Sep 07 | 07:08 pm 2449

काठमाडौं, भदौ २१ । चर्चित गायीका रचना रिमालको स्वर, राज्य राई देमिनको संगीत र निर्देशन रहेको गीतकार डा.ओमकृष्ण प्रसाईंको ‘पिता’ बोलको गीत बिहिबार संवाद डबलीमा सार्बजनिक भएको छ ।

सो कार्यक्रममा वरिष्ठ संगीतकार सुरेश चन्द्र अधिकारीले डा.ओमकृष्ण प्रसाईंको ‘पिता’ गीत सांगीतक क्षेत्रमा नयाँ आयामको गीत आएको धारणा राखेका छन् । संसारमा आमा या अरु कुनै पनि विषयमा निकै  स्तुति गान हुने गरे पनि पिताको विषयमा त्यस्तो नगाइएको परिप्रेक्षमा  सांगितकोे माध्यमबाट साम्मान हुनु ऐतिहासिक भएको जिकिर गरे ।

गीतकार डा.प्रसाईंले परिवारको सबैभन्दा जिम्मेवारी व्यक्ती पितालाई सम्झेर गीत सिर्जना, निर्माण र प्रस्तुतीकरण गरेर आमा र बुबा सन्तानका लागि समान र प्रकृतिका अमुल्य बरदान भएको बताउने प्रयास गरेको बताए ।

त्यसैगरी वरिष्ठ संगीतकार चेतन सापकोटा, वसन्त सापकोटा लगायतले सो गीतको समिक्षा गरेका थिए ।
उनीहरुले समिक्षा गर्दै परिवारमा प्रेम सेलाएको, एक अर्काबीच विचारसिलता हराएर सम्मान समेत बिलाउदै गैरहेको परिप्रेक्षमा अहिले हाम्रो समाज विकृतीतर्फ धकेलिइ रहेकोले यस गीतले केही नयाँ सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.