रगतको अभाव भएपछि मनकारी युवाहरूले गरे रक्तदान

| 2020 Sep 06 | 01:52 pm 2180

महेश सिंह सिरहा, भदौ २१ः सिरहाको लहान नगरपालिका २४ मानिकदह झिटकीमा युवाहरूको एक समुहले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

No description available.

केही महिना अगाडि गठन गरिएको नेपाल समाज जनकल्याण युवा संघ नामक युवाहरुको संगठनले लहान नगरपालिका २४ मानिक दहमा ५० भन्दा बढी युवाहरुले शनिबार रक्तदान गरेका हुन्।

रक्तदान नै जिवनको सबै भन्दा ठुलो दान हो, भन्दै युवाहरुको एक समुहले रक्तदान गर्न लाईन बसेका थिए । नेपाल समाज जनकल्याण युवा संघ लहान सिरहाले आयोजना गरेको रक्तदान कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष सुदिप कुमार महतोले गरेका थिए भने, कार्यक्रममा प्रमुख अतिथि नेपाल निर्माण ब्यवसायी संघका जिल्ला कार्य समितिको अध्यक्ष रासलाल राय राजपुतले गरेका थिए ।

अतिथिको आसनबाट उक्त रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना भाईरसको महामारीका कारणले देशभर रगत अभाव हुँदा कतिको ज्यानै जान्छ। ती ब्यक्तिहरुको हाम्रो युवाहरुले दिएको रगतबाट उनीहरुले नयाँ जिवन पाउन सकोस् उनले बताए ।

No description available.

रक्तदान जिवन दान हो यस्तो महामारीमा रगतको अभावमा युवाहरुले गरेको यो काम सराहनीय भएकाले  रक्तदातहरु धन्यवादको पात्र हो उनीहरुले दिएको रगतबाट कतिले संसार हेर्न पाउने बताए।

उक्त कार्यक्रममा सहयोगी संस्थामा जय गणपती पोलिकिल्निकका संचालक राजेन्द्र महतो र क्षिन्नमस्ता पोलिकिल्निक डाईगनोस्टिक सेन्टर धनगढीका संचालक अरुण कुमार सिंह, सहयोगी युवाहरुमा मनोज कुमार यादव, दिपक कुमार राय, अभास राय पटेल, नागेश्वर यादव, उद्वव यादव, नेविसंघका युवा नेता मुकेश महतो, रंन्जु सिंह लगायतका युवाहरूले सहयोग गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.