रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

रिपोर्ट नेपाल | 2022 Mar 14 | 11:42 am 1561

काठमाडाैं, फागुन ३०ः श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजना तथा श्री पूर्वी कमाण्ड हे.क्वा.को समन्वयमा
विभिन्न सञ्‍चार माध्यमका २४ जना रक्षा संवाददाताहरुलाई सहभागी गराई २०७८ फाल्गुण २५ गतेबाट ईटहरीस्थित श्री नं. २ बाहिनी अड्‍डामा संचालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम (Defence Correspondent Orientation Programme-DCOP) को २०७८ फाल्गुण ३० गते सुनसरीस्थित श्री दुर्गादल गुल्ममा समापन भएको छ ।

उक्त कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका तथा नेपाली सेना अन्तर्गतका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गरिएको थियो भने सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्ष, धनकुटास्थित निशान भगवती मन्दिर र साँघुरी गढी, धरानस्थित सैनिक आवसिय महाविद्यालय, ईटहरीस्थित सैनिक अस्पताल, मोरङस्थित राष्ट्रिय सेवा दलको तालिम केन्द्रको स्थलगत भ्रमण समेत गराइएको थियो ।

श्री जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी नारायण सिल्वालले गरेका समापन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको सहभागीता रहेको थियो । यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहजता तथा स्पष्टता प्रदान हुने विश्‍वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.