रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम शुभारम्भ

| 2023 Feb 26 | 04:16 pm 1277

काठमाडाैं, फागुन १४ः रक्षा क्षेत्रमा क्रियाशिल मिडियाकर्मीहरुलाई नेपाली सेनाबारे जानकारी दिँदै सेना र सञ्‍चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्ने हेतुले विभिन्न सञ्‍चार माध्यमका २० जना संवाददाताहरुको सहभागितामा श्री सुदूर पश्चिम पृतना हे.क्वा.मा ६ (छ) दिने Defence Correspondent Orientation Programme (DCOP) कार्यक्रम आज मिति २०७९ फागुन १४ गते थालनी भएको छ ।

श्री सुदूर पश्चिम पृतना हे.क्वा.को जिम्मेवारी क्षेत्र अन्तर्गत रहेर कार्यरत संवाददाताहरु सहभागी उक्त कार्यक्रम पृतनापति उपरथी श्री विजय थापाले शुभारम्भ गरेका हुन् । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतका साथै रक्षा मन्त्रालयका अधिकृतको उपस्थिती रहेको थियो ।

उक्त अभिमूखिकरण कार्यक्रममा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया सहितको जानकारीमूलक कार्यक्रम सञ्‍चालन गर्नुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍ज लगायतका इलाकाहरुको भ्रमण गराउने योजना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.