योगमायाको नाममा आयुर्वेद अस्पताल बनाउने प्रमको घोषणा

रिपोर्ट नेपाल | 2018 Jul 14 | 04:09 pm 1863

काठमाडौं,असार ३० : प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको सामाजिक आन्दोलनकी धरोहर योगमाया न्यौपानेको सम्मानमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल निर्माण गरिने बताएका छन् ।

अखिल नेपाल महिला संघद्वारा पार्टीबाट संघिय प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । अध्यक्ष ओलीले सो कार्यक्रममा महिला सांसदहरुलाई देश र जनताको हितमा समर्पित हुन समेत निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले संविधानले महिलाहरुलाई विशेष अधिकारको व्यवस्था गरेको उल्लेख गर्दै त्यसै अनुसारको व्यवहार महिला सांसदहरुबाट हुने कुरामा आफू विश्वस्त रहेको कुरा पनि व्यक्त गरे ।

आज शनिबार काठमाडौंमा गरिएको कार्यक्रममा बोल्दै उनले संवैधानिक व्यवस्था अनुसार मर्यादित र संयमित ढंगले पार्टीका महिला सांसदहरुलाई अघि बढ्न पनि विशेष निर्देशन दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.