यो दशैँमा कैद मिनाह नहुने

| 2018 Oct 09 | 07:45 am 1796

काठमाडौं, असोज २३ : यसवर्षको दशैंमा कैदीवन्दीहरुले कैद मिनाह नहुने भएको छ । नयाँ मुलुकी संहिता अनुसारको कैद मिनाहसम्वन्धी कार्यबिधी नबनेकाले उनीहरूले कैद मिनाह नपाउने कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर कटुवालले बताए।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले हरेक वर्ष दसैं, गणतन्त्र र संविधान दिवसको अवसरमा केही कैदीबन्दीलाई आममाफी दिने चलन थियो। हाल ७३ जिल्लाका ७४ कारागारमा २० हजार कैदी छन् ।

नयाँ कानुनअनुसार ७५ प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका र आममाफी दिन मिल्ने अपराध गरेका कैदीको कैद मिनाहा गर्न सकिनेछ । यस्तै सोही ऐनमा रोगी, असल चालचलन भएका, ज्येष्ठ नागरिक, महिला, सामान्य केसमा जेल सजाय भोग्दै आएका र ७५ प्रतिशत कैद भुक्तान गरेकाको कैद मिनाहा हुनसक्ने व्यवस्था छ ।

कारागार व्यवस्थापन विभागका सुचना अधिकारी समेत रहेका कटुवालका अनुसार कारागार कार्यालयले सिफारिस गरेका कैदीको नाममा जिल्ला प्रशासनले आवश्यक जाँचबुझ गरेर विभाग पठाएपश्चात कैद मिनाहको सिफारिस गृह मन्त्रालय पठाइने प्राबधान छ। लगत्तै मन्त्रिपरिषद्‍बाट पास गराएपछि कैद मिनाहा हुदैं आएको थियो । विभागका अनुसार गणतन्त्र दिवसको अवसरमा आठ सयभन्दा बढी कैदी जेलमुक्त भएका थिए

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.