युवाहरूलाई नेपालमा नै काम गर्ने वातारण बनाउन सरकार लागिपरेको छ : मन्त्री विष्ट

रिपोर्ट नेपाल | 2019 Mar 12 | 06:51 pm 1466

काठमाडौँ, फागुन  २८ :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवाहरूलाई नेपालमा नै काम गर्ने वातावरण बनाउन सरकार लागिपरीरहेको बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले पर्याप्त सुधारको कामलाई अघि बढाएको दाबी समेत गरे ।

मन्त्री विष्टले युवाहरूलाई देशभित्रै काम गर्ने वातारण बनाउने र श्रमिकहरूको न्यूनतम पारिश्रमिक तोक्ने काम सरकारले गरिरहेको बताए ।

उहाँले पछिल्लो समय विदेश जाने नेपाली युवाको सङ्ख्या बढी रहेको बताउँदै सो संख्यालाई नेपालमा नै रोजगारीको श्रृजना गर्न सरकार लागि परीरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.