युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

| 2023 Sep 25 | 11:08 am 2209

काठमाडौँ ८ असोज । बझाङ,छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् ।

आइतबार दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरी फरार भएका उनलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलीले बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.