युएसडी (USD) खाता खोली ठगी गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 24 | 05:55 pm 1729

काठमाडौँ, पुस ९ : युएसडी  (USD ) खाता संचालन गरी ठगी गर्ने एक  पक्राउ परेका छन् । कागेश्वरी नगरपालिका वडा नम्बर १३ का ४९ वर्षीय सञ्जय कुमार श्रेष्ठ लाई केन्द्रीय अनुसान्धान व्यूरो महाराजगञ्जले आइतबार पक्राउ गरेको हो ।

उनले राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालय, विशालबजारमा युएसडी खाता सञ्चालन गरी  बैङ्किङ, माेबाइल बैङ्किङ र इ-सेवा जस्ता विद्युतिय उपकरणको प्रयोग गरी ठगी गर्दै आएको सिआइबीले जनाएको छ । बैंकको सिस्टम दुरुपयोग गरी ७८ हजार ३ सय ८९ यूएस डलर अर्थात झण्डै ९० लाख रुपैयाँ ठगी गरेकाे समेत सिआइबीले जनाएको छ ।

उनले जापान आउ–जाउ गरेको भिसा देखाएर यूएस डी खाता खोलेको र भिसा कार्ड प्रयोग गरेर इ–बैंकिङ, इ–वालेट जस्ता विद्युतीय भुक्तानीमाफर्त आफ्नो खातामा पैसा सार्ने गरेको प्रहरीको दाबी छ । उनलाई पुनरावेदन अदालत पाटनबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

उनलाई उच्च अदालत पाटन पठाइसकेको र ७ दिनको म्याद थप गरी बैङ्किङ कसुर २०६४ बमोजिम अनुसन्धान भइरहेको  सिआइबीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.