यार्सागुम्बा संकलन गर्न गएकी महिला हिमपहिरोमा परी बेपत्ता

रिपोर्ट नेपाल | 2023 May 02 | 06:02 pm 761

बझाङ, बैशाख १९: बझाङमा यार्सागुम्बा संकलन गर्न गएकी एक महिला बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा सुर्मा गाउँपालिका–१ देवडी घर भएकी ३३ वर्षीया झलनादेवी बोहरा रहेकी छन् ।

उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गर्न गएको समय बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।

सोमबार राति हिमपहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको बताइएको छ। उनको साथमा रहेका दुई वटा छोरा भने सकुसल घर पुगेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ। खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.