यातायात कर्मचारीले मापसे गरी ट्राफिक प्रहरी कार्यालयके कुर्ची भाँचेपछि…

रिपोर्ट नेपाल | 2018 Aug 04 | 09:50 pm 1837

मादक पदार्थ सेवन गरी बजारमा होहल्ला मच्चाएको आरोपमा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरु प्रहरीको फन्दामा परेका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार बिदाको दिन घुम्न तेह्रथुम पुगेका दाहालसहित कार्यालयका कर्मचारी विजय दाहाल, लेखराज कटुवाल र देवान मण्डललाई वसन्तपुर बजारको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए ।

उनीहरु चारै जनाले आपसमा झगडा गरेको र सार्वजनिक स्थानमा अपशब्द बोलेको प्रहरीको भनाई छ । ती समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई वटा कुर्सीसमेत भाँचिदिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.