यस्तो छ बंगलादेशविरुद्ध मैदान उत्रने नेपाली

| 2019 Mar 16 | 02:40 pm 1969

विराटनगर, चैत २ : साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध एक जना खेलाडी परिवर्तन भएको छ ।

विराटनगरको शहिद रंगशालामा केहीबेरमा सुरु हुने खेलमा नेपालले डिफेन्समा खेलाडी परिवर्तन गरेको छ । डिफेन्डर अमृता जैशीको स्थानमा पुनम जर्घामगरले स्थान बनाएकी हुन् ।

नेपालले ४-४-२ को पोजिसनमा खेल्ने भएको छ ।

दुबै टिम जित हात पार्दै समूह विजेता बन्ने लक्ष्यमा छन् । एक खेल अगावै सेमिफाइनल पुगेका नेपाल र बंगलादेश सेमिफाइनलमा दबाब मुक्त गर्न आजको खेल जित्नै पर्ने दबाबमा छन् ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो । यता, बंगलादेशले भने भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो ।

दुबै खेलमा भुटान पराजित भएपछि यी नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनल पुगेको हो । आजको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेमा पनि समूह विजेता बन्ने छ ।

नेपाली टिम
गोलकिपर – एञ्जिला सुब्बा
डिफेन्डर – हिरा भुजेल, गीता राना, पुनम जर्घामगर, मनमाया लिम्बु
मिडफिल्डर – अनिता बस्नेत, दिपा राई, मञ्जली कुमारी योञ्जन, रेनुका नगरकोटी
फरवार्ड – निरु थापा (कप्तान), सावित्रा भण्डारी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.