यस्तो छ तपाईंको साउन १८ गते बिहीबारको राशिफल

रिपोर्ट नेपाल | 2023 Aug 03 | 06:50 am 2329

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन १८ गते बिहीबार, ई.सं. ३ अगष्ट, २०२३ । तिथि- अधिक श्रावण कृष्णपक्ष द्वितीया, नक्षत्र- धनिष्ठा, योग- सौभाग्य, करण- तैतिल, चन्द्रराशि- कुम्भ, सूर्योदय ५ः २८, सूर्यास्तः १८ः५० ।

मेष : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ ।

वृष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।

मिथुन : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

कर्कट : पराक्रम र उत्साहमा कमी आउने छ ।

सिंह : अतिथिका रूपमा सम्मान पाइनेछ ।

कन्या : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

तुला : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

वृश्चिक : आँटेताकेका काममा बाधा हुनेछ ।

धनु : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मकर : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कुम्भ : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।

मीन : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

– हिमालय टाइम्सबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.