यस्तो छ तपाईंको माघ २६ गते शुक्रबारको राशिफल

| 2024 Feb 09 | 08:03 am 1025

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० माघ २६ गते शुक्रबार, ई.सं.२०२४ फेब्रुअरी ९ तिथि- माघ कृष्णपक्ष चतुर्दशी, ०७ः३४ बजेपछि औंशी, श्रवण- नक्षत्र, व्यतीपात- योग, शकुनि- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः४८, सूर्यास्त- १७ः४९ ।

मेष : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

कर्कट : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

सिंह : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कन्या : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।

तुला : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

वृश्चिक : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

धनु : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।

मीन : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.