यस्तो छ तपाईंको मंसिर १४ गते बिहीबारको राशिफल

| 2023 Nov 30 | 07:00 am 1525

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० मंसिर १४ गते बिहीबार, ई.सं.२०२३ नोभेम्बर ३०, तिथि- मार्ग कृष्णपक्ष तृतीया, आद्र्रा- नक्षत्र, शुभ- योग, भद्रा- करण, चन्द्रराशि- मिथुन, सूर्योदय : ६ः३७, सूर्यास्त १७ः०६ ।

मेष : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

वृष : अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ ।

मिथुन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

सिंह : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

तुला : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।

मीन : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.