यस्तो छ तपाईंको मंसिर १२ गते मंगलबारको राशिफल

| 2023 Nov 28 | 07:03 am 1441

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

काठमाडौँ, मङ्सिर १२।आज वि.सं २०८० मंसिर १२ गते मंगलबार, ई.सं.२०२३ नोभेम्बर २८, तिथि- मार्ग कृष्णपक्ष प्रतिपदा, रोहिणी- नक्षत्र, सिद्ध- योग, कौलव- करण, चन्द्रराशि- वृष, सूर्योदय : ६ः३६, सूर्यास्त १७ः०६ ।

मेष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।

वृष : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

मिथुन : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

कर्कट : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

सिंह : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

कन्या : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।

तुला : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

वृश्चिक : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

धनु : नवीन रोजगारीको सम्भावना छ ।

मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कुम्भ : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.