यस्तो छ तपाईंको भदौ २७ गते बुधबारको राशिफल

| 2023 Sep 13 | 06:40 am 2341

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ २७ गते बुधबार, ई.सं. १३ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र कृष्णपक्ष चतुर्दशी, नक्षत्र- मघा, योग- सिद्ध, करण- भद्रा, चन्द्रराशि- सिंह, सूर्योदय ५ः४८ सूर्यास्तः १८ः१० ।

मेष : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

वृष : राज्य पक्षबाट अनावश्यक झै-झमेला आइलाग्न सक्छ ।

मिथुन : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।

कर्कट : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

सिंह : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।

कन्या : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पूरा हुन कठिन छ ।

तुला : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

वृश्चिक : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।

धनु : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।

मकर : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

कुम्भ : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

मीन : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.