यस्तो छ तपाईंको असार १० गते आइतबारको राशिफल

रिपोर्ट नेपाल | 2023 Jun 25 | 06:47 am 2065

आज मिति २०८० असार १० गते आइतबार, ई.सं. २५ जुन, २०२३ । तिथि- आषाढ शुक्लपक्ष सप्तमी, नक्षत्र- पूर्वफाल्गुनी, ७ः४४ बजेपछि उत्तरफाल्गुनी, योग- व्यतीपात, करण- गर, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः११, सूर्यास्तः १९ः०१ ।

मेष : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

वृष : राज्य पक्षबाट अनावश्यक झै-झमेला आइलाग्न सक्छ ।

मिथुन : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।

कर्कट : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

सिंह : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।

कन्या : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पूरा हुन कठिन छ ।

तुला : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

वृश्चिक : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।

धनु : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।

मकर : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

कुम्भ : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

मीन : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा बर्चस्व रहनेछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.