यस्तो छ क्रोएसियाले विश्वकप जित्‍ने कारण

| 2018 Jul 15 | 10:34 am 1923

काठमाडौं, असार २९: रुसमा जारी विश्‍वकपको अन्तिम खेल आज (आइतबार) राती ८:४५ बाट शुरु हुँदै छ। शुरुवात चरणदेखि नै अनपेक्षित नतिजा आइरहेकोले फुटबल विश्लेषक तथा फुटबलप्रेमीहरु विश्‍वकप कसले जित्छ भन्ने अनुमान लगाइरहेका छन्।

२० वर्षअघिको च्याम्पियन फ्रान्स र पहिलो पटक फाइनल खेल्न लागेको क्रोएसियाबिच मैदानमा छन्।

विश्वकप सुरु हुँदा वा त्यो भन्दाअघि देखि नै सायदै क्रोएसियालाई सम्भावित विजेताको रुपमा लिइएको थियो। तर उसले हरेक खेलमा आफूलाई प्रमाणित गर्दै फाइनलसम्म आएको छ र अब उपाधिबाट एक खुड्किलो मात्रै पर छ ।

क्रोएसियाले नयाँ विश्व विजेता बन्दै इतिहासमा नाम लेखाउने सम्भावना छ ।

यसका प्रमुख तीन कारण यस्ता छन्ः

१) एक चामत्कारिक सामूहिकता र उच्च प्रेरणा

क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकले केही उत्कृष्ट काम गरेका छन् । टिमको वातावरण अहिलेजस्तो राम्रो कहिले थिएन, यो खेलाडीले बारम्बार भन्ने गरेको कुरा हो ।

यो विश्वकपमा उनीहरुले टिममा साँच्चै परिवारको वातावरण पाएका छन् र महसुश गरेका छन् । उनीहरु ५२ दिनदेखि साथमा छन् । खेलाडी एकअर्काका लागि मर्न पनि तयार रहेको देखिन्छन्, मैदानमा उनीहरुले देखाएको प्रयास हेर्दा ।

लगातार तीन खेलमा अतिरिक्त समयसम्म खेल्दा पनि उनीहरुले सामूहिक रुपमा उपल्लोस्तरको जित निकाल्न लालायित देखिन्छन् ।

२) मनोवैज्ञानिक सबलता र आचरण

डेनमार्क, रुस अनि इंग्ल्याण्ड यी तीन देश हुन्, जसले सुरुमा अग्रता लिएर पनि हार बेहोरे । यी तीनै देशसँग सुरुमा पछि परेर पनि जित निकाल्ने टिम हो, क्रोएसिया । डेनमार्क र रुससँगको खेलमा उसले पेनाल्टी सुटआउटमा जित्यो ।

इंग्ल्याण्डसँगको खेलमा भने अतिरिक्त समयको गोलले जित निकाल्न सफल भयो । क्रोएसिया ‘कमव्याक किङ्ग’ को रुपमा उदायो । यसमा खेलाडीको देखाएको मनोवैज्ञानिक तथा शारीरिक सबलताको भूमिका महत्वपूर्ण छ ।

कप्तान लुका मोड्रिकले बारम्बार भन्ने गरेका छन्, ‘हामीले हाम्रो आचरण प्रस्तुत गरेका छौँ ।’ क्रोएसियाको यहि असल आचरण फ्रान्ससँगको फाइनलमा उनीहरुको बलियो हतियार बन्ने देखिन्छ । विश्वकपको इतिहासमा हरेक विश्व विजेता टिमको आचरण उच्च रहेको छ ।

३) अनुभव र आत्मविश्वास

मोड्रिक क्रोएसियाको यो स्वप्न पुस्ताका नेतृत्वकर्ता हुन् । रियल मड्रिडका यी स्टार खेलाडी बाहरे डालिकको टिममा अरु पनि स्टार खेलाडी छन्, जसमा बार्सिलोना, इन्टर मिलान, युभेन्टस र लिभरपुलका खेलाडीहरु इभान रेकिटिक, मारियो मान्जुकी, इभान पेरिसिक, मातेओ कोभाकिक र डिजेन लोभ्रेन पर्छन् ।

टिममा रहेका खेलाडीको औसत आयु २७ वर्ष १० महिना हुन आउँछ, यो टिमसँग धेरै अनुभव छ र त्यो भन्दा ठूलो कुरा आत्मविश्वास छ । टिमका सबैले प्लेइङ्ग लाभेनमा स्थान बनाएका छन् । टिमका सबै खेलाडी आफ्नो क्षमताबारे जानकार छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.