यती एयरलाइन्सको विमान स्यालसँग ठोक्कियो

रिपोर्ट नेपाल | 2018 Oct 08 | 04:21 pm 1928

 नेपालगन्ज, असोज २२ : यती एयरलाइन्सको एटीआर-७२ विमान स्यालसँग ठोक्किएको छ । आइतबार बेलुका नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा विमान स्यालसँग ठोक्किएको हो । केहीबेरपछि विमानस्थलको रन–वेमा स्यालको रगत र मासुका टुक्रा देखिएको थियो ।

स्याल ठोक्किएपनि विमानमा कुनै क्षति नभएको विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताएका छन् । घटनाका बेला विमानमा रहेका यात्रुलाई पनि केहि भएको छैन । उनका अनुसार घटना आइतबार साँझ सवा सात बजेतिरको हो । विमान अवतरण गरिरहेका बेला स्याल धावनमार्ग क्रस गर्न लाग्दा चक्कामा परेको थियो ।

स्याल घटनास्थलमै मरेको छ । विमानस्थल आसपास झाडी रहेकाले स्यालको आउजाउ हुने गरेको उनले बताए । स्याल किचिएपछि रगताम्य भएको धावनमार्ग दमकल लगाएर तत्कालै सफाइ गरिएको ठाकुरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.