म्यानमारबाटै राष्ट्रपति भण्डारी जापान प्रस्थान गर्दै

| 2019 Oct 20 | 11:17 am 2060

काठमाडौं, कात्तिक ३: गत असोज २९ गतेबाट म्यानमारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार जापान प्रस्थान गर्दै छिन् ।

म्यानमारका राष्ट्रपति विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा पूरा गरी राष्ट्रपति भण्डारी जापान प्रस्थान गर्न लागेकी हुन् ।

राष्ट्रपति भण्डारीसहित राष्ट्रपतिको प्रतिनिधिमण्डल थाइल्याण्डको बैंकक हुँदै जापान पुग्ने बताइएको छ ।

जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.