म्याद थपेको भोलिपल्टै रिहा भईन् गायिका आस्था राउत

| 2020 Jan 28 | 05:39 pm 1935

काठमाडौं, माघ १४: त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा गत माघ १ गते एक महिला प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार अभियोगमा पक्राउ परी चार दिनको म्याद थपेको भोलिपल्टै गायिका आस्था राउत रिहा भएकी छन्।

गायिका राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार हजार रुपैयाँ धरौटी लिएर रिहा गरेको हो।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार राउत चार हजार धरौटी बुझाएर रिहा भइसकेकी जानकारी दिए।

रिहा भएपछि गायिका आस्था राउतले प्रहरीको प्रशंसा गरेकी छन् । हिरासतमा आफूलाई प्रहरीबाट निकै सहज र राम्रो व्यवहार भएको उनले बताइन् ।

उनले यसअघि प्रहरीप्रतिको आफ्नो गलत बुझाइ दुई दिनमा फेरिएको समेत बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.