म्याग्दीको पहिरोमा बेपत्ता भएका १३ जनाको शव फेला

रिपोर्ट नेपाल | 2020 Jul 11 | 11:43 am 3757

म्याग्दी, असार २७ः बुधबार राति जिल्लाको विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनाको शव भेटिएको छ।

शुक्रबार तीन जनाको र शनिबार बिहान १० जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले जानकारी दिएका हुन् ।

उनका अनुसार धवलागिरि गाउँपालिकाको मराङमा १० जनाको शव भेटिएको बताए । अझै २२ जना बेपत्ता रहेका छन्।

त्यस्तै मराङ र बिममा दर्जनौँ मानिस पहिरोमा पुरिएर बेपत्ता भएको जानकारी आएको उनले बताए।

प्रतिकुल मौसमका कारण त्यहाँ उद्धारको लागि हेलिकोप्टर लगेपनि उद्धार हुन सकेको थिएन। आज पनि सेनाको हेलिकोप्टर लैजाने तयारी गरिरहेको म्याग्दी प्रहरीले जनाएको छ।

मराङमा अहिले एक सुत्केरी र ७ जना मानिस पहिरोको जोखिममा छन् उनीहरु कतै जान सक्ने अवस्थामा नरहेकोले तत्कालै उद्धार गर्नुपर्ने कुँवरले बताए।

पहिरोको कारण सदरमुकामबाट गएको नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय युवाहरुको टोली मराङ अझै पुग्न नसकेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.