लिफ्ट मागेर मामाघरबाट घर फर्कँदा १४ वर्षीया बालिका बाटैमा बलात्कृत

रिपोर्ट नेपाल | 2019 Apr 18 | 07:04 pm 2454

गुल्मी,  वैशाख ५ : गुल्मीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । जिल्लाको छत्रकोट गाउँपालिका ६ कि १४ वर्षीया बालिकालाई पाल्पा तानसेन नगरपालिका ५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

मामाघर गएर आमासँग घर फर्कने क्रममा मोटरसाईकलमा आएका मियाले बालिकालाई घर पु-याइदिने भन्दै आमाको सहमतिमा मोटरसाईकलमा लगि बीच बाटोमा पुगेपछि पैसाको प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतका अनुसार कसैलाई नभन्नु भन्दै ५ सय रुपैयाँ बालिकालाई दिएर मिया फरार भएको बताए ।

मियालाई जिल्ला प्रहरी कार्यालय गुल्मी र अर्घाखाँची जिल्लाको अर्घातोष प्रहरी चौकिको संयुक्त प्रहरीको टोलीले एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेकाे छ। बालिका बलात्कृत गर्ने मियालाई जवर्जस्ती करणी अभियोगमा मुद्दा चल्ने र अन्य घटनाका बारेमा थप अनुसन्धान भइरहेको बस्नेतले बताए । घटना बुधवार दिउँसो भएको बताईएको छ । मिया भैंसी व्यापारी हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.