मोटरसाईकल चोरी आरोपमा दुई पक्राउ

रिपोर्ट नेपाल | 2022 Dec 28 | 07:46 am 1053

झापा, पुस १२ः झापाको झापा गाउँपालिकामा चोरी भएको मोटरसाइकल सहित चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका ५ का २३ वर्षीय प्रकाश गनगाई र सिन्धुली घरभई हाल हाल झापा गाउँपालिका ६ बस्ने २० वर्षीय रोशन दमाई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत ६ गते राती झापा गाउँपालिका ५ बस्ने सुर्यनारायण गणेशले प्रयोग गर्दै गरेको १५० सिसिको प्र १०११२ प ८०५० नम्बरको पल्सर घरकै बरण्डाबाट हराएको थियो । मोटरसाईकल चोरी भएको हप्तादिन पछी भारतमा लगेर बेचेको मोटरसाइकल सहित चोरीको आरोपमा दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

शरणामती प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक विरबहादुर भण्डारीको कमान्डमा रहेको टोलीले आरोपी सँग सुराग हात पारेपछी मोटरसाइकलसम्म पुगेको थियो । भारतको बिहार स्थित तुलसियामा भारतिय प्रहरीको सहयोगमा मोटरसाइल नेपाल ल्याउन प्रहरी सफल भएको हो ।

गनगाईलाई आसंका गरि प्रहरीले कुरा खोतले पछि गनगाईले मोटरसाईकल चोरेर भारत लगेर बेचेउ भनेपछी प्रहरीलाई सुराग मिलेको थियो । भारतको तुलसियामा सो मोटर साइकल १२ हजारमा गनगाईले बेचेको प्रहरीले बताएको छ । चोरीमा संलग्न दुबैलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.