सर्लाही, असोज २०ः जिल्लाको हरिपुर नगरपालिका ६ लक्ष्मीपुर स्थित नबलपुर मलंगवा सडकखण्डमा मलंगवाबाट नवलपुर तर्फ आउँदै गरेको ना ४० प २८६७ नं. को मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएका छन् ।
घाइते हुनेमा हरिपुर नगरपालिका ५ असनवाकी ५० वर्षीया मिना विक रहेका छन् । उनीलाई बाटो काट्न क्रममा ठक्कर दिदा निधार, देब्रे हात र खुट्टामा चोट लागको प्रहरीले जानकारी दिएको हो । घाइतेको अवस्था सामान्य रहेको र उपचारको लागि नमुना अस्पताल हरिवन पठाएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । ,
त्यसैगरी सर्लाहीको पर्सा गाउँपालिका १ शितलपुर स्थित भित्री सडकखण्डमा संग्रामपुरबाट शितलपुर तर्फ जाँदै गरेको प्रदेश नं.२–००१ प ९२४० नं.को मोटरसाइकलले भारत जिल्ला सितामडी धनाही घर भई उक्त स्थानमा हजुरबुबाको घरमा बस्दै आएकी ७ वर्षीया बालिका सन्ध्या कुमारी रायलाई ठक्कर दिएको छ ।
घर अगाडी खेली रहेको अवस्थामा ठक्कर दिँदा बालिका घाईते भई उपचारको लागि जनकपुर पठाईएको छ। उनीको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको उपचारमा संलग्न चिकिन्तकले जानकारी दिए ।
चालकसहित मोटरसाइकललाई प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।