मोटरसाइकलमा आगो लगाउने महिला पक्राउ

| 2023 Sep 28 | 04:12 pm 1425

दाङ, असोज ११ ।  घोराही उप-महानगरपालिका-१८ पुष्पाञ्जली टोल बस्ने बिराज चौधरीको रा.२ प १५९३ नम्बरको मोटरसाइकलमा आगजानी गरेको अभियोगमा सौडिकुला बस्ने ३२ वर्षीय मिना चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

आपसी लेनदेनको बिषयलाई लिएर चौधरीले उक्त मोटरसाइकलमा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा मोटरसाइकलमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।

आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.