मोटरसाइकल दुर्घटनामा परी लिम्बूकाे मृत्यु

रिपोर्ट नेपाल | 2021 May 13 | 01:38 pm 2553

झापा , बैशाख ३०ः मोटरसाइकल दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा  चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–१२ का ३० वर्षीय कुजैहाङ लिम्बू रहेका छन् ।

उनको बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६३ प २७९० नंको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक किनारमा रोकेर राखिएको भारतीय नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालककाे भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकामा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.