मोटरसाइकल चोरी गर्न खोज्ने चार जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 21 | 08:32 pm 2631

पर्सा, पुस ५: वीरगंज महानगरपालिकाका विभिन्न स्थानहरुमा मोटरसाइकल चोरी गर्ने उद्देश्यले लक फुटाउने, मास्टर साँचो र मोटरसाइकल चालु गर्न प्रयोग गरिने स्वीच बोकी मोटरसाइकल चोरी गर्न खोज्ने ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा कोल्बी नगरपालिका ६ सखुवाहाका २३ वर्षीय देवराज चौधरी, वडा नम्बर ५ मलहनियाका १८ वर्षीय आशा चौधरी, करहियामाई गाउँपालिका ५ ठोरिहाईका २० वर्षीय राकेश चौधरी र २० वर्षीय दिपक चौधरी रहेका छन् ।

उनीहरुलाई पर्सा वीरगंज महानगरपालिका १५ प्रतिमा चोकबाट मोटरसाइकल चोरीमा प्रयोग गरिने मास्टर साँचो १ थान र प्लक २ थान सहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.