मेस्सी र रोनाल्‍डोलार्इ पछि पार्दै बालोन डी’ओरको अवार्ड मोड्रिचलाई

रिपोर्ट नेपाल | 2018 Dec 04 | 08:01 am 1467

काठमाडौं, मंसिर १८: बालोन डी’ओरको अवार्ड ११ वर्षपछि नयाँ खेलाडीको हातमा पुगेको छ ।

सन् २००७ पछिका १० वर्ष अवार्डमा राज गरेका अर्जेन्टिनी स्टाईकर लियोनल मेसी र पोर्चुगीस स्टाईकर क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै क्रोएसियाका कप्तान लुका मोड्रिचले डी’ओरको अवार्ड हात पारेका हुन् ।

पेरिसमा गएराती भएको अवार्ड घोषणा कार्यक्रममा मनोनयनमा परेका २९ जनालाई उछिन्दै मोड्रिचले विश्व फुटबलकै प्रतिष्ठित अवार्ड आफ्नो नाममा लेखाएका हुन् । उनकै प्रेरणामा रहेको क्रोएसियाले रसिया विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.