धादिङ । विश्वकप २०१८ आउन अब एक दिन मात्र बाँकी छ । प्रतियोगिता जति नजिकिँदै छ । त्यति नै विश्वभरका खेलप्रेमीमाझ विश्वकपको रौनक बढेको छ ।

नेपालमा पनि विश्वकपको माहोल तातीएको छ । फुटबले प्रमीहरु आफूले समर्थन गरेको जर्सी लगाए हिड्न थालेका छन् । फुटबल प्रेमीहरुले धादिङमा र्याली नै निकालेका छन् । धादिङका फुपटबल प्रेमीहरुले अर्जेन्टिना जर्सी लगाएर मोटरसाइकल र्याली निकालेका छन् । उनीहरुले मेसीको टिम (अर्जेन्टिना)लाई समर्थन गर्दै मोटरसाइकल र्याली निकालेका हुन् ।

मंगलबार साँझ ५ बजे ससाहबाटबाट शुरु भएको र्याली पुच्छार बजार बिच बजार हुँदै शहर परिक्रमा गरेको अर्जेन्टिनाका समर्थक अर्जुन कमार श्रेष्ठले बताए । र्यालीमा समर्थकहरुले अर्जेन्टिनाले विश्वकप जित्ने दाबी गरेका थिए ।