मेरो अस्तित्व आज छ भोलि सम्झना रहने छ

रिपोर्ट नेपाल | 2023 Jul 22 | 03:13 pm 3161

गीत

मेरो अस्तित्व आज छ भोलि सम्झना रहने छ
सधैं मेराे शरीर न रहला तर चर्चा चल्ने छ
यदि मेरा जीवनका पानाहरु पल्टाएर हेर्याै भने
तिम्रा दुवै आँखाबाट आँसुको भेल बग्ने छ
मेरो अस्तित्व आज छ…..

मेरो मनलाई ढुंगा सम्झि चिन्न खाेजिनाै
नौनी जस्तै कोमल मुटु तिमीले छामिनौ
आँधीबेहरी झैं टाढाबाट भीषणता देख्यौ
नजर जुधाँएर त हेर्याै तर मुटु भित्र पसिनौ
मेरो अस्तित्व आज छ…..

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.