मेयर चौधरीद्वारा लहान ३ काे वडा कार्यालय उद्घाटन

रिपोर्ट नेपाल | 2022 Jul 14 | 10:43 am 1521

  • महेश सिंह

सिरहा, असार ३०ः लहान नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय पुरानो ठाँउबाट नयाँ ठाउँमा ब्यवस्थापन गरेको छ। जनतालाई काम काजमा सहजता प्रदान गर्न वडा अध्यक्ष राम दयाल महतोले पुरानो ठाँउबाट पायक पर्ने अर्को ठाँउमा कार्यालय सारीएको हो। वडा कार्यालयको आफ्नो भवन नहुँदा भाडाको घरमा कार्यालय ब्यवस्थापन गरिएको छ।

No description available.

लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले नयाँ ठाउँमा स्थापना गरिएको वडा नं. ३ वडा कार्यालयको रिवन काटेर भवनको समुद्घाटन गरेका हुन्। मेयर चौधरीले प्रमुख अतिथिको आसनबाट बोल्दै पाँच बर्षको कार्यकालमा नै वडा कर्यालय बनाउने प्रतिबद्धता व्यक्त गरे। जनतालाई जिम्मेवारपूर्ण सर्वसुलभ र गुणस्तरीय सेवाका लागि स्थानीय ठाउँमै वडा कार्यालय स्थापना गरिएको मेयर चौधरीले बताए । जनताको भावना अनुरुप काम गर्न अध्यक्ष रामदयाल महतोलाई आग्रह गरेका थिए।

No description available.

जनताको सहजताको लागि वडामै कार्यालय स्थापना गरिएको अध्यक्ष महतोले बताए। हाल कार्यालयको भवन भाडामा संचालनमा रहेपनि कार्यालयको आफ्नो निजि भवनका लागि नगरपालिकाबाट पहल गरिने मेयर महेश चौधरीले प्रतिबद्धता व्यक्त गरे।

जनताको चाहना अनुरुप वडा कार्यालयको सेवा संचालनमा आएपछी स्थानीयबासीहरु खुसी भएका छन्।सेवाग्राहीको लागि समयमै गुणस्तरीय सेवाप्रवाह गरिने अध्यक्ष महतोले प्रतिबद्धता गरेका थिए । वडा कार्यालयका आफ्नो निजि भवन नहुँदा वडा नम्बर ६ बाट सेवा दिदै आएको आयोजकले जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.