मृग भनेर बन्दुक पड्काउँदा मान्छेलाई लागेछ

रिपोर्ट नेपाल | 2021 Mar 14 | 07:24 pm 3169

  • सन्तोष महतारा

गुल्मी, चैत १ः गुल्मीको एक घटनामा संलग्न अभियुक्त ५७ दिनमा पक्राउ परेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका १ ओरेवा खोलामा घाँस काट्न गएका रेसुङ्गा नगरपालिका १४ का तुल बहादुर विश्वकर्मालाई गोली हानेर हत्या गर्ने गुल्मीदरबार गाउँपालिका १ का ३१ वर्षीय पोम बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।

अभियुक्त घर्तीले आफु सिकार खेल्न जंगल गएको समयमा दिउँसो करिब ३ बजे झाडीमा आएको आवाजका आधारमा बन्दुक चलाएको प्रहरीसँगको बयानमा बताएका छन् ।

हामीले घटना घटेको ५७ दिनपछि अभियुक्त पक्राउ गरी सार्वजानिक गर्न सफल भएका छौँ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले भने, अभियुक्तले हामीसँग आफु सिकार खेल्न गएको र झाडीमा मृगको जस्तो आवाज आएको आधारमा बन्दुक हानेको बताएका छन् ।

गएको माघ ३ गते दिउँसो करिब ३ बजे पोम बहादुर घर्तीले मृग ठानेर बन्दुक पड्काउँदा तुल बहादुर विश्वकमाको ज्यान गएको अनुसन्धानबाट खुलेको हो ।

घर्तीले पड्काएको भरुवा बन्दुक अभियुक्त घर्तीले नै बताएको आधारमा लुकाएर राखिएको अवस्थामा प्रहरीले आइतबार बिहान फेला पारेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.