मूल्य नियन्त्रण गर्न सरकार असफल रहेको सांसदहरुको आरोप

| 2018 Oct 05 | 06:07 pm 1417

काठमाडौँ, असोज १९ : उपभोग्य सामाग्रीको मूल्य नियन्त्रण गर्न सरकार असफल रहेको सांसदहरुले आरोप लगाएका छन् । सार्वजनिक लेखा समितिको उपसमितिको बैठकमा सांसदहरुले सरकारको आलोचना गरे ।

बैठकमा सांसद प्रेमबहादुर आलेले प्रतिकेजी ६३ रुपैयाँ भन्दा बढि मूल्यमा चिनी विक्री गर्नेलाई कारवाही गर्न सरकारसँग माग गर्नुभयो । सांसद आलेले चिनी, तेल लगायतका दैनिक उपभोग्य बस्तुको मूल्य नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

समितिकी अर्का सदस्य चन्दा चौंधरीले मूल्य बृद्धि हुँदा समेत सरकारको उदासिनताप्रति चिन्ता व्यक्त गरे । उनले उखु कृषकले पाउनुपर्ने १ अर्ब ६९ करोड बक्यौता रकम दिलाउन सरकारसँग माग गरे । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले चिनीको मूल्य नियन्त्रण गर्न सरकार लाग्ने प्रतिवद्धता व्यक्त गरे । जनशक्तिको अभावमा बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन नसकेको उनको भनाई थियो ।

चिनीलगायत दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धिबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले एक उपसमिति गठन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.