मुस्लिम कैदीबन्दीद्वारा कारागारमै इद

| 2023 Apr 23 | 08:09 am 1369

कपिलवस्तु, बैशाख १०ः  मुस्लिम समुदायका कैदीबन्दीले शनिबार कपिलवस्तु कागरागारभित्रै इदउल फित्र मनाएका छन् । १ सय ४० मुस्लिम कैदी बन्दीले कारगार भित्रै बिशेष नमाज पाठ गरी ईद मनाएका हुन। उनीहरू रमजान महिना भरी रोजासमेत बसेका थिए।

नयाँ लुगा लगाएर कारागार भित्रै उनीहरूले बिहान विशेष नवाज पढेका थिए। ईदका अवसरमा उनीहरूले एक आपसमा शुभकामना आदानप्रदान समेत गरेका थिए। रमजान महिनाको अवसरमा कपिलवस्तु कारागारमा रहेका मुस्लिम समुदायका कैदीबन्दीहरू एक महिनासम्म रोजा बसेर दैनिक ५ पटक नमाज पढने गरेका थिए।

उनीहरूले विशेष परिकार सेवई बाडेका थिए। ज्यान मार्ने उद्योगको मुद्दामा ८ वर्षको कैद सजाय भुक्तान गरिरहेको सहिद मुसलमानले कागागारभित्रै इद मनाएको बताए।

कारागारमा रहेका १ सय ४० जना मुस्लिम समुदायका कैदीबन्दीहरू मिलेर सामूहिक नमाज पाठ गरेको उनले बताए।

‘हामी मिलेर एक आसपसमा शुभ कामना साटासाट गरेर इद मनाएका छौं,’ उनले भने। अर्का कैदी असरफ अलीले कारागारमा रहेको सबै कैदीबन्दीहरूलाई मिलेर प्रसादका रूपमा सेवइ बाँडेको बताए। कारागरका जेलर मनोज सैनीले एक महिने रमजान र इदका अवसरमा मुस्लिम समुदायका कैदीबन्दीहरूलाई विशेष ख्याल राखिएको बताए।

उनीहरूसँगै एक आपसमा शुभकानमनासमत साटासाट गरिएको उनले बताए। कैदीबन्दीलाई उपहारसहित आफन्तले भेट्नसमेत आएका थिए। कारागारमा १ सय ४० मुस्लिम कैदीबन्दीमध्ये ८० रोजा बसेका थिए। कारागारमा अहिले ४ सय ९४ कैदीबन्दी रहेका छन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.