मुलुकमा समृद्धि हासिल गर्न खेल क्षेत्रको विकास जरुरी छ – गृहमन्त्री थापा

रिपोर्ट नेपाल | 2018 Aug 18 | 08:41 pm 1492

काठमाडौँ,भदौ २: मुलुकमा समृद्धि हासिल गर्न खेल क्षेत्रको विकास जरुरी रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

नेपाल शरीरिक सुगठन महासंङद्वारा आज शनिबार आयोजित दोस्रो माउन्ट एभेरेस्ट शारीरिक सुगठन च्याम्पियनसीप २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले संसारका ठूला मुलुकले खेल क्षेत्रबाटै तीव्र आर्थिक विकास गरेको बताउँदै मुलुकलार्इ समृद्धि बनाउन खेल क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छ्न् ।

वर्तमान सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्री थापाले खेल क्षेत्रमा रहेको सस्याको समाधान गरी आवश्यक नीति तथा कानून सरकारले बनाउने प्रतिबद्धता जनाए । नेपाल अहिले विकासको चरणमा रहेको उल्लेख गर्दै मन्त्री थापाले युवा र खेल क्षेत्र जोडेर मुलुको विकास गर्न सकिने स्पष्ट पारेका छन् ।

खेल कूटनीतिमार्फत विश्वका धेरै देशको सम्बन्ध सुधार भएको बताउँदै मन्त्री थापाले टेबलटेनिस खेलबाट अमेरिका र चीनको सम्बन्ध सुधार भएको प्रसङ्ग उल्लेख गरेका छन् । “पछिल्लो समय खेकूदकै माध्यबाट उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धसमेत सुधार भएको हामीले देखेका छौँ” मन्त्री थापाले वक्तव्यमा जानकारी दिएका थिए ।

प्रतियोगिताअन्तर्गत ५५ केजी तौल समूहमा आभाष प्याकुरेल, ६० केजीमा गौरव श्रेष्ठ, ६५ केजीमा आशिष धेवाजु, ७० केजी समूहमा सञ्जीव श्रेष्ठ ७५ मा मरिचमान लामा र ७५ केजीमाथि उमेश राई च्याम्पियन बने । महिलातर्र्फ पम्फा राईले उपाधि जितिन् । विजेतालाई मन्त्री थापाले प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.