मुग्लिन – नारायणगढ सडक अवरूद्ध

| 2023 Jun 21 | 03:17 pm 1181

मुग्लिन, असार ६। इच्छाकामना गाउँपालिकाको नाम्सी पुलमा सुख्खा पहिरो खस्दा मुग्लिन – नारायणगढ सडकखण्ड अपरान्ह साढे १ पछि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सुख्खा पहिरोका कारण सयौको संख्यामा सवारी साधान रोकिएका छन भने गन्तव्यमा हिडेका हजारौं यात्रु अलपत्र परेका छन् । प्रचण्ड गर्मीका कारण कतिपय स्थानमा यात्रुहरुले पानी सम्म पिउन पाएका छैनन् । पहिरोलाई हटाउन सडक डिभिजन कार्यालयले आफ्नो औजार सहितको जनशक्ति पठाइसकेको र केही समयमा अवरुद्ध सडक खुल्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.