मुगुको छायानाथ नगरपालिकाद्वारा दुई बस्तीमा निः शुल्क ग्यास चुलो वितरण

रिपोर्ट नेपाल | 2019 Dec 24 | 08:20 am 2423

मुगु, पुस ८: जिल्लाको छायानाथ रारा नगरपालिकाले नगर भित्र रहेको दुई बस्तीमा निः शुल्क ग्यास चुलो वितरण गरेको छ ।

छायानाथ रारा नगरपालिका भित्र रहेको ७९ गाँउ बस्ती मध्ये अति दुर्गम र काठ दाउरा (ईन्धन)को लागि समस्याग्रस्त क्षेत्रमा नगरपालिकाले ग्यास चुलो वितरण गरिएको हो ।

स्थानीय जनताहरुको गुनासोलाई मध्य नजर राखी लह गाँउका २५ जना र लापु गाँउका ३२ घरधुरी गरी जम्म ५७ घर धुरीलाई एक घर एक ग्यास चुलो वितरण गरिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजङ शाहीले जानकारी दिए ।

विभिन्न कानूनी प्रक्रियाबाट सामान खरीद गर्नुपर्ने भएकोले जनताको माग अनुसार समयमा ग्यास चुलो उपलब्ध गराउन नसकेर एक बर्ष ढिला भएको नगरप्रमुखले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.