मिस वर्ल्‍ड २०१८ को उपाधी मेक्सिकोकी वेनिसालार्इ , श्रृंखला टप १२ मा सिमित

| 2018 Dec 08 | 08:08 pm 1932

काठमाडौं, मंसिर २० : मिस वर्ल्ड २०१८ को उपाधी मेक्सिकोकी सुन्दरी वेनिसा पोन्स डि लिउनले जितेकी छिन्। त्यसैगरी थाइल्यान्डकी निकोलेन पिचापा लिमस्‍नुकनले फर्स्ट रनअरअपको उपाधी जितेकी छन्।

चिनको सन्या सिटी एरेनामा सम्पन्‍न उपाधी घोषणामा नेपाली प्रतिस्पर्धी श्रृंखला खतिवडा भने टप १२ मै सिमित भएकी छन्।

टप पाँचको प्रतिस्पर्धामा श्रृंखला थाइल्याण्डकी सुन्दरीसँग पराजीत भएकी हुन्। योसँगै उनले टप १२ चित्त बुझाउनु परेको हो।

यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।

उनी टप १२ मा मात्रै पर्न सफल भएपनि प्रतिस्पर्धाभरी चर्चामा रहिन्। प्रतियोगिताको अन्तिम दिन आज उनले गुन्यु चोली लगाएकी थिइन्। नेपालको चिनारी गुन्यु चोलीमा उनी अन्य प्रतिस्पर्धी भन्दा आकर्षक पनि देखिएकी थिइन्।

श्रृंखला खतिवडा ‘मिस वल्र्ड नेपाल २०१८’ विजेता हुन्। हेटौडाकी खतिवडा २४ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस वल्र्ड नेपाल’ भन्न सफल भएकी थिइन्। ‘मिस वल्र्ड नेपाल’ बन्न सफल खतिवडाले ‘मिस वल्र्ड २०१८’मा पनि प्रतिस्पर्धा गरिन्। प्रतिस्पर्धामा उनले सुभचिन्तकहरुको राम्रै साथ पाएकी थिइन्।

खतिवडा राजनीतिक पृष्ठभूमि भएको परिवारकी छोरी हुन्। उनी एमाले नेता विरोध खतिवडा र आमा मुनु सिग्देलकी छोरी हुन्। उनका बुवा विरोध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधि सभा सदस्य हुन् भने आमा मुनु तत्कालिन नेकपा एमालेकी मकवानपुर अध्यक्ष तथा प्रदेश सभा ३ की सांसद् हुन्।

१२१ देशका सुन्दरीहरुबीच भएको प्रतिस्पर्धामा श्रृंखला ‘ब्यूटी विथ प्रपोज अवार्ड’ र ‘मल्टिमिडिया अवार्ड’ जिज्दै टप ३० (फाइनल राउन्ड)मा स्थान बनाएकी थिइन्। योसँगै उनको राष्ट्रि अन्तर्राष्ट्रिय रुपमा चर्चा चुलियो। उनलाई प्रतिस्पर्धामा बलियो दावेदारका रुपमा उभ्याउन सुभेच्छुकहरुले महत्वपूर्ण भूमिका खेलेका थिए। उनले देश विदेशबाट राम्रो हौसला पाएकी थिइन्।

‘मिस वल्र्ड’को प्रतिस्पर्धामा अहिलेसम्म नेपालबाट बलियो दावेदारका रुपमा कोही पनि प्रस्तुत हुन नसकेकोमा श्रृंखलाको उपस्थितिले नेपालीहरुमा खुशीयाली छाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.