मिलमा सल बेरिदा च्यापिएर एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Mar 10 | 01:03 pm 1951

बाँके, फागुन २६ : मेसिनरी सामाग्रीहरुको नजिक गएर होसियारी नअपनाउँदा विभिन्न किसिमका ठूला धनजनको क्षेती व्यहोर्नु परेको पाइन्छ । राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा आफूले लगाएको सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।

सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिए ।

धान कुटाउने क्रममा मिलको धुरामा उनले लगाएको सल बेरिएपछि उक्त दुर्घटना भएको प्रहरी निरीक्षक विकेले जानकारी दिए । मिलले सल बेरेर पट्टामा पुर्याएकी थारूको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताए । मृतकको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जमा लगिएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.