मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर असन्तुष्ट पक्षले गरे पत्रकार सम्मेलन

रिपोर्ट नेपाल | 2020 Apr 10 | 09:08 am 1557

  • महेश सिंह

सिरहा, चैत २८ः  जिल्लाकाे मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर केही दिनदेखि भएको विवाद उच्च बिन्दुमा पुगेकाे छ । स्थानीय राजनीतिकर्मी तथा बुद्धिजीवीले मेयर श्रवण यादवको राहत वितरणमा मोनोपोली भएको आरोप लगाएका छन् ।

असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरी मेयर यादवको काखा र पाखा गर्ने मनोबिज्ञानको पर्दाफास गरेका छन् । स्थानिय नेता कार्यकर्ताद्वारा निर्माण गरिएको सर्वदलिय समिति अनुसार मेयर यादवले आफ्नो आसेपासेलाई राहत उपलब्ध गराएर बिपन्न वर्गमाथि ठुलो अन्याय गरेको आरोप लगाएका छन् ।

मिर्चैयाका नेकपा जिल्ला सदस्य प्रदिप महासेठको अनुसार चैत २२ गते नगरपालिकाको राहत कार्यक्रममा पक्षपात भएको थियो । उनको अनुसार वडा १ मल्हनिया चदरा टोलमा २५ घरधुरीमा मेयर यादवले आफ्नै मान्छेलाई दिन खोज्दा बिपन्न दलित समुदायले बिरोध जनाएका थिए ।

मेयर यादवको विभेदपूर्ण नियति देखेर नेकपा जिल्ला कमिटीका सदस्यहरुले आ –आफ्नो तर्फबाट वडा १ का १५ घरधुरीमा १० किलो चामल, २ किलो दाल, नुन, तेल लगायत अति आवश्यक राहतका सामान बितरण गर्न खोज्दा मेयर श्रवण यादवले रोकेका थिए ।

पत्रकार सम्मेलनमा नेकपा जिल्ला सदस्य गङ्गा महतो, राजपा नेपालका मिर्चैया नगर संयोजक अन्जय साह, तरुण दल क्षेत्रीय सदस्य धनेश्वर यादव, समाजवादी नगर अध्यक्ष रामदयाल यादव, नेपाली काङ्ग्रेस जिल्ला सदस्य कपिलदेव साह, र सिरहा ४ ख बाट निर्वाचित प्रदेश सभा सदस्य दिलिप साहलगायतले मेयर श्रवण यादवको काम गराई प्रति असन्तुष्टि जनाएका थिए ।

उनीहरुका अनुसार यो त मेयरको दादागिरी हो। सांसद साहका अनुसार राहत बाँडेर फर्किने क्रममा सोमबार मेयरका मान्छेहरु आएर अचानक विवाद गरेका थिए ।

विवादपछि झडपको रुप लिएको थियो जसमा केही घाईते समेत भएका थिए । वडा –२ स्थित मल्हनिया स्वास्थ्य चौकीनजिक सोमबार साँझ करिब ५ बजेतिर विवाद भएको हो ।

यता मेयर यादबले भने, मैले विवाद गरेको होईन, स्थानिय सरकारको अनुमती बिना सरकारको निति निर्देशन बिपरीत समाजिक दुरी कायम नगरी राहत बितरण गर्ने कार्य गरेकोले त्यस्तो कार्य रोक्न मैले आदेश दिएको प्रेस विज्ञप्ती मार्फत जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.