‘मिनरल’ पानी उत्पादक कम्पनीलाई कारवाही

रिपोर्ट नेपाल | 2019 Feb 02 | 11:27 am 2411

पर्वत, माघ १९ : खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही थालेको छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएकाले कम्पनीलाई कारवाही गर्ने भएकाे हाे ।

कारवाहीमा पर्नेमा पर्वतका मुक्तिनाथ ‘फुड एण्ड वेभरेज’ प्रालि, कर्माचार्य ब्रदर्श ‘मिनरल वाटर एण्ड वेभरेज इन्डष्ट्रिज’, बागलुङका महालक्ष्मी ‘मिनरल वाटर एण्ड वेभरेज’ र कार्की मिनरल वाटर रहेका छन् ।

कार्यालयका निमित्त प्रमुख केदार पौडेलका अनुसार कार्यालयले अनुगमन गर्ने क्रममा ती कम्पनीले निर्देशिका पालना नगरेको पाइएकाले उत्पादन बन्द गर्न निर्देशन दिइएको हो । निर्देशिकाअनुसार बोतलको सफाइ, फिलिङ र क्यापिङको काम स्वचालित उपकरणबाट गर्नु पर्नेमा नगरिएकाले उनीहरूमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

उद्योगको वास्तविक अवस्थाबारे तयार गरिएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बागलुङमा जस्तै पर्वतमा पनि प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.