बारा, साउन ११ । जिल्लाका विभिन्न मिति र स्थानहरुबाट चाेरी भएका १२ वटा माेटरसाइकल सहित माेटरसाइकल चाेरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउमा पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका – १६ बस्ने वर्ष १९ को विर्धोज वाईवा, रौतहट चन्द्रनिगाहपुर नगरपालिका – २ बस्ने वर्ष २६ को पंचालाल बलोन, बारा जितपुर सिमरा उपमहानगरपालिका – १६ बस्ने वर्ष १९ को सुदर्शन बोम्जन, बारा कलैया उपमहानगरपालिका २० बस्ने वर्ष २० को दिपेन्द्र कुमार महतो, वर्ष १९ को राधेश्याम महतो, वर्ष २१ को सतेन्द्र कुमार गुप्ता ऐ.महागढीमाई न.पा.वडा न.९ मा बस्ने वर्ष २० को राजिनन्द महतो गरी ७ जना रहेका छन् ।
उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरी निरीक्षक जय कृष्ण प्रसाद कुर्मीद्वारा विज्ञप्तीमा जनाइएकाे छ ।
