मास्क र स्यानिटाइजरको कालोबजारी गर्ने चार जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 22 | 01:25 pm 1754

धनुषा, चैत ९: मास्क र स्यानिटाइजरको कालोबजारी गर्ने चार औषधी व्यवसायीलाई पक्राउ गरिएको छ ।

पक्राउपर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएका साहले मास्क, यादव र चौधरीले स्यानिटाइजर तथा साहले मास्कको कालोबजारी गरिरहेका थिए ।

पक्राउ गरिएका चारै व्यवसायीको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.